पहाडमा फुल्ने फूल–लताहरू कति राम्रा छन् पहाडबाट खस्ने हिम नदीहरू कति चोखा छन् पहाडलाई सृष्टि गर्ने प्रभु अझ कति महान् छन् (२) म महान् प्रभुको सृजना, म महान् प्रभुको विपना म सधैँ गर्छु महान् प्रभुको, महान् प्रभुको महिमा। पृथ्वीमा हिँड्ने पशु–प्राणीहरू कति अचम्मका छन् पानीमा बाँच्ने सबै प्राणीहरू कति आकर्षक छन् प्रकृतिलाई सृष्टि गर्ने प्रभु कति अद्वितीय छन् (२) प्रभुमा सुम्पिएका जीवनहरू कति असाधारण छन् प्रभुलाई मात्र पुज्ने जीवनहरू कति सन्तुष्टिमा छन् हाम्रा परमेश्वर पिता, पुत्र, आत्मा कति अतुलनीय छन् (२)
By: Ps. Solon Karthak
Chords: G