धिन्ताङ–ताङ, धिन्ताङ–ताङ मादल बज्यो (२) आ .... हा लौ है, हेर बेथलेहेमको गाईको गोठमा जन्मेका है येशू राजा, हेर है, हेर लौ, हेर। भविष्यवक्ताले भनेका झैं हा हा हा (२) शब्द–शब्द पूरा हुन गयो, मुक्तिका दाता आउनु नै भो, थुमा नाउँले प्रख्यात हुनुभो। (२) स्वर्गीयदूतले नै तर्साए हा हा हा (२) शान्तमय पारी घोषणा गरे, "जन्मनुभयो मुक्तिदाता यहाँ, सारा संसारको उद्धारकर्ता।" (२)
By: Unknown
Chords: E