उठिहेर आकाशैमा नयाँ तारा उदाएको सुनिहेर बतासैले नयाँ सन्देश ल्याएको आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो येशू राजा जन्मेको सुसन्देश (तिमी मेरै लागि हो हो हो) (२) अन्धकारपूर्ण जगतमा ज्योति ल्याउनुभयो उहाँले निराशलाई जीवन दिन आशा ल्याउनुभयो उहाँले (२) परमेश्वर अवतार लिई मानव बनी आउनुभो हाम्रो मुक्तिदाता प्रभु जगतमा आउनुभो। लक्ष्यहीन जीवनको लक्ष्य बनी ख्रीष्ट जगत्मा आउनुभो प्राणहीनलाई जीवन दिन डुँडमा प्रभु पस्रनुभो (२) बाटो, सत्य र जीवन उहाँ, मानव बनी आउनुभो तिमी–मलाई बचाउनलाई जगतमा आउनुभो।
By: Unknown
Chords: C