आजको साँझ, आजको साँझ प्रभु येशू जन्मे धर्ती हल्लियो, यो सुसन्देश लिई हामी आयौं थिएन कोही संसारमा आज मुक्ति दिने पापीलाई (२) आज जन्मे जीवनदाता मुक्ति दिन हामीलाई (२) त्यसैले ग्रहण गर उहाँको सुसन्देश। महल होइन, गोठैमा जन्मे, कोब्रो होइन, डुँडैमा सुते (२) सुख होइन, दुःख नै सहे, खुसी होइन कष्ट नै रोजे, बालक सत्कार (२) त्यसैले आऊ, सुन उहाँको सुसन्देश।
By: Unknown
Chords: G