यी दिन हुन् एलियाको झैँ वचन प्रचार गर्ने यी दिन हुन् प्रभुको दास मोशाको झैँ धार्मिकता स्थापित गर्ने यस्तै यी दिन हुन् ठूला परीक्षा, अनिकाल, लडाइँका हामी हौँ उजाड–स्थानमा कराउने स्वर प्रभुको बाटो बनाऊ1। हेर उनी आउँछन् बादलमा सूर्यझैँ चम्कँदै तुरहीको आवाजमा चर्को गरी कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार। यी दिन हुन् इजकिएलका झैँ, सुख्खा हड्डी शरीर बन्ने यी दिन हुन् प्रभुका दास दाऊदको झैँ, प्रशंसा गर्ने, मन्दिर बन्ने अनि यी दिन हुन् कटनीका संसारका खेतहरू हामी हौँ प्रभुका खेतका खेताला वचन घोषणा गर्ने।
By: Unknown
Chords: A