हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल। जागिसके मण्डली आत्माको शक्तिमा। दायाँ–बायाँ, उत्तर–दक्षिण, अघि–पछि, पूर्व–पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा। हात बाँधी होइन, कम्मर कसी बढौँ, नाउँ येशूको लिएर। पछि नहटौँ, अघि–अघि बढौँ, अघि–अघि बढौँ। काला–सेता सबै नेपाली, धनी–गरिब वीर गोर्खाली। मारेर होइन, मरेर जितौँ विश्वलाई येशूमा। आफू साँढे होइन, नम्र सैनिक बनौँ, नाउँ येशूको लिएर। पछि नहटौँ, अघि–अघि बढौँ, अघि–अघि बढौँ।
By: Unknown
Chords: G