प्रभु येशू ख्रीष्टको शीतलको रगत, मुटुमा सुरुरु (२)। उहाँको माया नबिर्स बैनी, (मन रुन्छ धुरुरु) (२)। म, तिमी, हामी, सबैको लागि, आफ्नो पुत्र दिएको (२)। त्यागेको प्राण सम्झना राखौँ, रगतले लेखेको। रगतको धारा आलो छ बैनी, गल्गथा पहाडमा (२)। तिम्रो र मेरो निम्तिमा, गुथे काँडा त्यो शिरमा। बोकेका थिए दयनीय क्रूस, मनमा गुन न (२)। हृदयमा अङ्कित प्रभुको देन, तिमीले सम्झ न। नभुलौं बैनी कष्टको घुट्को, येशूले पिएको (२)। सबैले उद्धार पाउनलाई, उहाँले प्राण दान दिएको। प्रभुका गुण नम्र र दीन, मुटुमा गाँसौं न (२)। ज्योतिका सन्तान बनेर फिरौं, बोकेर बासना।
By: Unknown
Chords: G