(जोडिएको सम्बन्ध यो, पुस्तौँसम्मकै नाता हो) २ (परमेश्वरको हत्केलामा, सम्हालिएको जाति हामी हो) २ थोरै चाहिँ हजारौँ भो, दुर्बल चाहिँ बलियो हुने भो... सम्हालिएको जाति हामी हो। (रुवाई, चित्कार र विलापको स्वर उचाल्यौँ) २ (मन हामीलाई झार्नुभो, हाम्रो भोकलाई मेट्नुभो) २ (अन्धकारमा हरायौँ, राँको भई बाटो देखायौँ) २ (चट्टानलाई फुटाएर, हाम्रो प्यासलाई मेटाइदिनुभो) २ थोरै चाहिँ हजारौँ भो, दुर्बल चाहिँ बलियो हुने भो... सम्हालिएको जाति हामी हो। (वर्षौँ वर्षको यात्रा थियो हाम्रो) २ (समुन्द्रलाई चिर्नुभो, बन्द ढोका खोल्नुभो) २ (नाप्नै नसकिने, तौल्न पनि नमिल्ने) २ (माया यो जातिलाई गर्नुभो, खडेरीमा बादल झार्नुभो) २
By: Santosh Ramdam
Chords: E