अर्ध निशामा लिई सुसन्देश, दीन बनी आयौं हामी तिम्रो द्वारमा । दुर्दशा यो सब देखी संसारको (२) पापको भारले मानव मिचेको (२) जिन्दगीको हाल सुधार्न भनी (२) ईश्वरपुत्र जगमा आए संकोच नमानी । ईश्वर र मानव बीचको पर्दा (२) पापी मानवको पापले गर्दा (२) तोडी मानवलाई लान ईश्वरकहाँ (२) आउनुभयो महान् ईश्वर दुष्ट संसारमा । सहर यरूशलेम, गाउँ बेथलेहेम (२) जन्मे गोठैमा बालक एक नरम (२) ख्रीष्ट जीवनधार येशू तारणहार (२) विश्वास गरी आउने जति हुन्छन् मृत्युपार ।
By: Unknown
Chords: G