लाग्दछ मलाई रमाइलो, त्यो उज्यालो ताराको बेथलेहेम गाउँको त्यो सानो गोठ, येशू जन्मेको सानो डुँड । अन्धकारको माझमा उज्ज्वल प्रकाश लिई आए (२) जगलाई उद्धार गराउन, सत्यको जग बसाल्न (२) निद्राबाट जाग, भाइ हो, मुक्तिको पथमा चल्नलाई, खुशियाली रात मनाऔं, यस धरतीलाई उज्ज्वल गराऔं (२) स्वर्गदूतले गाउँछन् गीत, बालक ख्रीष्टको महिमा (२) हामी पनि गाऔं है गीत, बालक ख्रीष्टको चरणमा ।
By: Unknown
Chords: C