हाँसखेल गर्दै भनिदेऊ संसार सबैलाई धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता मानिसको चोला लिएर गरीब गोठैमा (२) गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२) दूतगण आई भन्न लागे साँझको बेलामा । तारणहार प्रभु जन्मिए दाऊदको सहरमा गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२) पूर्वका ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२) साँझको नौलो तारा देखी हर्षले रमाए । राजाहरूका राजा जन्मेको पत्ता लगाए (२) परमपितालाई मन खोली धन्यवाद चढाए (२)
By: Unknown
Chords: C