हेर्न आकाशमा ताराको उज्यालो नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो (२) ईश्वरको वचन पूरो गर्नलाई आए प्रभु जगमा (२) मानवको सबै दुःख बुझ्नलाई पस्रिए डुँडैमा (२) गोठालाहरू छक्क परे जब (२) देखे स्वर्गदूतलाई ढाडस पाई रमाई गए खबर दिनलाई (२) तारालाई आफ्नो लक्ष्य बनाई बढे ज्योतिषीगण (२) भेटी चढाए दर्शन पाई गराए आनन्दित मन (२) पापी जनको तारणहार (२) मानिसको रूपमा ख्याल नराखी डाँडाकाँडा बढौं सबै प्रभुमा (२)
By: Unknown
Chords: G