चढाउँछु प्रभु धन्यवाद आज, क्रुसको त्यो प्रेमको निम्ति थुकाइ र कुटाइ सहनुभो जति, ती सब थिए मेरै निम्ति (२) काँडे मुकुट पहिरी शिरमा, हात–पाउलाई जडी क्रुसमा (२) हुनुभो बलि मेरो नै निम्ति, निर्दोष पाठोको रूपमा (२) पीडा तपाईंलाई शान्ति मलाई, क्रुस तपाईंको मुकुट मेरो (२) मृत्यु तपाईंलाई, जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (२) देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाइ मेरो (२) हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको (२) घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रुसमा (२) सजाउँछु सिंहासन, प्रभु हृदयमा, रहनुहोस् प्रभु यसमा (२)
By: Unknown
Chords: G