फर्केर हेर क्रुसलाई प्रभुको प्रेम झल्किन्छ क्रुसको मृत्यु सम्झेर ढुकढुकी मेरो अड्किन्छ (२) कलवरी पहाड थाँतिले क्रुसको काँटीले के भन्छ (२) कोर्राको धेरै व्यथाले दुःखको सन्देश ले भन्छ (२) दिनभरि घाममा तड्पिएर प्यासले व्याकूल भएर (२) भालाको दर्द खपेर प्राण दिए रगत बहेर (२) क्रुसको निर्दयी मृत्युमा आँसुको थोपा आँखामा (२) फर्केर हेर्छन् हामीलाई पापदेखि छुटकारा दिनलाई (२)
By: Unknown
Chords: G