जाग उठ, निद्राबाट जागृतको बेला आएको छ, रात धेरै नै बितिसक्यो, अब दिन आउनै लागेको छ । ज्ञानी कुमारी झैँ पर्खनेहरू, दुलहाको घरमा प्रवेश गर्छन् (२) मूर्ख कुमारी झैँ जिउनेहरू, खोल न खोल ढोका भन्दै रुन्छन् (२) ज्योतिका हतियारलाई धारण गरी, ख्रीष्टका असल सेवक बनौँ (२) विश्वासको उत्तम लडन्त लडी, जीवनको मुकुट प्राप्त गरौँ (२) हठी र बागी मानिस बनी, संसार मै किन फर्की जान्छौ (२) दुइ दिनको सुखलाई रोजी तिमी, युगानुयुगसम्म किन रुन्छौ ? (२) प्रतिपल आफैले आफैलाई जाँची, पश्चात्तापी हामी बनिँदै जाऔँ (२) नजीक छ अब न्यायको घडी, निर्दोष र निष्कलंक बनिँदै जाऔं (२)
By: Unknown
Chords: F