होऊ मेरो दर्शन, मेरो प्राण हे प्रभु, तपाईं बाहेक आनन्द छैन अरू रातमा या दिनमा होस् सोच तपाईंकै, सुत्दा वा ब्यूँझँदा ज्योति तपाईं नै । होऊ मेरो बुद्धि, मेरो साँचो बात, म सदा तपाईं साथ, तपाईं म साथ तपाईं नै पिता, म छोरो, साँच्चै वास गर्नोस् ममा, म चाहिँ तपाईंमै । होऊ मेरो तरवार र ढाल लडाइँको, होऊ मेरो मर्यादा, आनन्द मेरो होऊ मेरो गढी, धरहरा अग्लो स्वर्गतिर उठाऊ, हे बलवान प्रभु । धन म खोज्दिनँ न त प्रशंसा, तपाईं नै मेरो सर्वस्व सदा तपाईंलाई मात्र मेरो पहिले मान स्वर्गको राजा, तपाईं मेरो धन । स्वर्गको राजा विजय भइगयो स्वर्गीय आनन्द पाउँछु घाम चम्किलो मेरो प्राण प्यारो भुल भए हाम्रो अझै होऊ दर्शन, हे सबका राजा ।
By: Unknown
Chords: D