हृदय भेटी चढाऔं प्रभुलाई, स्तुति जयगान पनि, हामी सब सन्तगण मिली (२) पापको भार उठाउन आए ख्रीष्ट नरलोकमा (२) पापी जन सबको पाप मेटाई (२) जीवन सनातन दिन । असाध्य दुःख उठाए नम्र र दीन बनी (२) खोली उद्धारको द्वार प्रभुजी (२) अमर आशा दिलाई । धन्य स्वर्गीय यो प्रेम हामी अधर्मीप्रति (२) नभुलौं फेरि दुष्ट बनेर (२) संसारमा फेरि फर्की । समर्पण गर्छौं तपाईंलाई प्राण, आत्मा, हृदय पनि (२) रक्षा गर्नुहोस् यो जीवनको (२) विनय छ हाम्रो यही ।
By: Unknown
Chords: F