आज, भोलि, भरै भन्दै जीवन यहाँ अस्ताउँछ ख्रीष्टलाई माया गर्ने मान्छे मृत्युपारि उदाउँछ । मेरो हृदयका मूर्तिहरूलाई ख्रीष्ट हटाइबक्सियोस् ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस् विगत दिनहरू व्यर्थै गुमाएँ, वर्तमान चढाउँछु येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु । विश्वमा सधैँ म बस्ने होइन, बटुवा मात्र हुँ यो बाटो फेरि म हिँड्नेछैन एक तीर्थ–यात्री हुँ, विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।
By: Unknown
Chords: G