दिनमा बादलको खाँबो बनी, रातमा आगोको ज्वाला बनी रक्षा गर्यौ हामीलाई (प्रभुजी सुख शान्तिमा बिते दिन) २ धन्य, धन्य, धन्य प्रभुलाई जो दिनुभयो हामीलाई छत्र–छायाँमा लुकाई, (प्रभुजी दिन रात हर समयमा) २ वचनको मन्न दिनुभयो चटान फुटाई पानी दियौ आत्मामा भई हामीलाई (प्रभुजी तिम्रो बाटोमा डोर्यायौ) २ यो नयाँ सुन्दर सालमा पनि प्राण, आत्मा, शरीर, हृदय पनि रक्षा गरिदिनुहोस् प्रभुजी (गरिदेऊ आत्मिक उन्नति) २ स्वर्ग देशमा पुग्न पाऊँ अनन्त भजन सुनाउन पाऊँ सधैँ शरण परेर प्रभुजी (साष्टाङ्ग प्रणाम गर्न पाऊँ) २
By: Unknown
Chords: D