बढ्दैबढ्दै जाऔं पछि नहटौं, क्रुसको झण्डा काँधमा लिई, अघि बढ्दै जाऔं (२) सेना हामी ख्रीष्टका हौं युद्ध गर्दै जाऔं, कनान देशको राहमा सब कदम बढाऔं कदम बढाउँदै जाऔं बैरीलाई हराऔं कनान देशमा हामी सब जयवन्तको गीत गाऔं (२) कप्तान हाम्रो सेनाको ख्रीष्ट आफैं हुन् तरवार हाम्रो आत्माको झिलम धर्मको सहायता उहाँ गर्छ जीवन सङ्ग्राममा दैनिक जीवनको हाम्रो कदम–कदममा (२) बैरी धेरै भए हामी तै हरेस नखाऔं जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔं शत्रुलाई हराऔं, झण्डा फरफराऔं हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔं (२)
By: Unknown
Chords: C